पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो

‘माराङ’ फागुन २६ गते  बाराही हलमा प्रदर्शन हुने

पाेखरा | फागुन १०, २०८०

पोखरामा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर शो

पोखरा:   मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको हो । 


पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए । 


‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’


उनले माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको बताए । ‘माराङ चलचित्र कुनै पनि फाइदाको लागि निर्माण गरेको होइन, मगर समुदायको भाष, संस्कृति र कलाको संरक्षणलाई मध्यनजर गर्दै निर्माण गरेका हौं ।’ उनले भने । 


नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ,यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’


मगर कथानक चलचित्र माराङमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगर लगायतको अभिनय रहेको छ । 


 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्